Загрузка страницы

गुराँस फुल्यो गीति संगालोको लोकार्पण

#ABNTV मिरिक:१७ जुलाई(निसं) युवा गीतकार विनय राईको शब्द अनि संगीतकार डुप्छेन लामाको संगीतमा रहेको गीति संगालो "गुराँस फुल्यो " को आइतबार यहाँको भूतपूर्व सैनिक संगठन भवनमा विधिवत रूपमा लोकार्पण गरियो। मुस्कान राई खेसहाङले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता एसबी गजमेरले गरेका थिए भने गायक उत्तम मणि बोम्जन प्रमुख रूपमा उपस्थित थिए। यसकाबेह वरिष्ठ गायक इन्द्रजित मिजार साहित्यकार अमर दुङमाली, विजय बान्तवा कैलाशी, पूर्ण बान्तवा, गणेश बराईली, अरूण चन्द्र कुलुङ, हाम्रो डुप्टिन पत्रिकाका प्रकाशक भूपू कप्तान मिलन चोङबाङ, संगीतकारहरू संजय राई,पारस घिमिरे लगायत विभिन्न ठाउँबाट आएका अथितिहरूको उपस्थिति रहेको थियो। सहमेन्दु गिती संगालोपछि दोस्रो गिती संगालोको रूपमा लोकार्पण गरिएको "गुराँस फुल्यो"मा नेपाली सांगीतिक क्षेत्रका वरिष्ठ गायक ईन्द्रजीत मिजार, रन्जिता सुनार,स्नेह लता गिरी अनि सुजता लामगादेको स्वर रहेको छ भने यस गिती संगालोको निर्माता सुजता सुब्बा हुन्। कार्यक्रम अध्यक्ष एसबी गजमेर, प्रमुख अथिति उत्तम मणि बोमजन लगायत विशिष्ट अतिथिहरुको बाहुलीबाट गुराँस फुल्योको लोकार्पण गरियो भने प्रमुख अथितिले उक्त गीति संगालोको विधिवत रूपमा लोकार्पण भएको घोषणा गरे। कार्यक्रममा गायक गायिकाहरूले गीत प्रस्तुत गरे भने बाल कलाकार ईनुङमा राईले आफ्नो गीत प्रस्तुत गरेकी थिइन्। यसरी नै मिरिकका चर्चित स्याक्सोफोन वादक राकेश गोलेले मिठो धुन प्रस्तुत गरे। कार्यक्रममा प्रवेश हाङ्खिमले स्वागत भाषण राखेका थिए । यता कार्यक्रमपछि पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा गीतकार विनय राई अनि संगीतकार डुप्छेन लामाले भने, आज हामीले आज वरिष्ठ गायक इन्द्रजित मिजार लगायत अन्य गायक गायिकाहरूको स्वरमा रहेको गीति एल्बम सार्वजनिक गर्न सक्यौ। जसका लागि कार्यक्रममा उपस्थिति दिनु हुने सम्पूर्ण अतिथिगणप्रति आभार प्रकट गर्न चाहान्छौ भने। यस एल्बमबाहेक अन्य प्रोजेक्टहरू पनि तयार रहेको तथापि त्यो भन्दा अघि आज सार्वजनिक भएको गीतको म्युजिक भिडियोहरूको काम रहेको बताउदै चाँडै म्युजिक भिडियोहरू दर्शकहरू समक्ष आउने द्वयले बताएका छन्।

Видео गुराँस फुल्यो गीति संगालोको लोकार्पण канала ABN TV
Показать
Комментарии отсутствуют
Введите заголовок:

Введите адрес ссылки:

Введите адрес видео с YouTube:

Зарегистрируйтесь или войдите с
Информация о видео
17 июля 2022 г. 20:56:29
00:05:50
Другие видео канала
अखिल असम गोर्खा छात्र संघ विश्वनाथ जिल्लाको पहिलो द्वि-वार्षिक अधिवेशन सम्पन्न...अखिल असम गोर्खा छात्र संघ विश्वनाथ जिल्लाको पहिलो द्वि-वार्षिक अधिवेशन सम्पन्न...सिहलिला राष्ट्रिय आर्यण्य क्षेत्रमा कालो चितुवा मृत आवस्थामासिहलिला राष्ट्रिय आर्यण्य क्षेत्रमा कालो चितुवा मृत आवस्थामाPrem geet 3 Official Teaser (Hindi)Prem geet 3 Official Teaser (Hindi)नव निर्वाचित सभासद मिलेश राईलाई भागोप्रमोद्वारा बधाई ABNTVनव निर्वाचित सभासद मिलेश राईलाई भागोप्रमोद्वारा बधाई ABNTVपञ्चायत चुनावको निम्ति मैले सरकार संग बारम्बार कुरा गरिरहेको थिए।पञ्चायत चुनावको निम्ति मैले सरकार संग बारम्बार कुरा गरिरहेको थिए।मेदिनापुरमा एक तृणमूल कार्यकर्ताको हत्यामेदिनापुरमा एक तृणमूल कार्यकर्ताको हत्याVIRAL भइदियो PromoVIRAL भइदियो PromoSalim Pradhan/Full Interview with Milan Jedidiah Gurung/The SipSalim Pradhan/Full Interview with Milan Jedidiah Gurung/The Sipपृथ्वी हाम्रो घर हो,घर विनाश नगरौं।पृथ्वी हाम्रो घर हो,घर विनाश नगरौं।Viral भइदियो teaserViral भइदियो teaserSchool Student gang-raped in Malda, one of the accused arrested by the Police.School Student gang-raped in Malda, one of the accused arrested by the Police.शहीद विशाल छेत्री पञ्चतत्वमा विलिनशहीद विशाल छेत्री पञ्चतत्वमा विलिनK PAYEK PAYEभारतद्वारा वेस्ट इण्डिज 125 रनले पराजितभारतद्वारा वेस्ट इण्डिज 125 रनले पराजितExclusive Interview with Binay TamangExclusive Interview with Binay Tamang17 पटक बैठक बसिसक्दा पनि चिया श्रमिकहरुको न्युनतम रोजदर लागू नभए पछि आज देखि जोइन्ट फोरम17 पटक बैठक बसिसक्दा पनि चिया श्रमिकहरुको न्युनतम रोजदर लागू नभए पछि आज देखि जोइन्ट फोरमPranesh Rai/Full interview with Milan Jedidiah Gurung/The SipPranesh Rai/Full interview with Milan Jedidiah Gurung/The Sipकालचिनी र सेन्ट्रल डुवर्स चियाबारीबीच यातायात ठप्पकालचिनी र सेन्ट्रल डुवर्स चियाबारीबीच यातायात ठप्प११ जुलाईको दिन गान्तोकमा भ्रष्टाचार विरुद्ध सिक्किमे नागरिक समाजको जुलुस११ जुलाईको दिन गान्तोकमा भ्रष्टाचार विरुद्ध सिक्किमे नागरिक समाजको जुलुसabn entertainment promoabn entertainment promo
Яндекс.Метрика