Загрузка...

हितोपदेश । शास्त्रीय एवं नैतिक शिक्षा विधि | नीतिशास्त्र । HITOPDESH | Eastern Philosophy | Part 2

हितोपदेश उपदेशात्मक कथाहरू हुन्। हाम्रा पूर्विय शास्त्र चणक्य नीति, विदुर नीति, भीष्म नीति लगायत हितोपदेश आदिमा हाम्रो जीवनको ज्ञान, नीति र धर्मको शिक्षा दिइएको छ |हितोपदेशका कथाहरू धेरै सरल र बुझ्ने छन्। विभिन्न पशुपक्षीमा आधारित कथाहरू यसको विशेषता हुन्। लेखकले यी जनावर र चराहरू मार्फत एक कथा सिर्जना गरेका छन्, जुन केही उपदेशात्मक रूपमा समाप्त हुन्छ। जनावरहरूलाई नैतिकताको कुरा गरेको देखाइएको छ। सबै कथाहरू एक अर्कासँग जोडिएको देखिन्छ।
बङ्गाल का माण्डलिक राजा धवलचंद्रको दरवारका राजकवि नारायण पंडितद्वारा रचित नीतिकथाहरूको संगालो | हितोपदेशका कथामा अर्बुदाचल (आबू) पाटलिपुत्र, उज्जयिनी, मालवा, हस्तिनापुर, कान्यकुब्ज (कन्नौज), वाराणसी, मगधदेश, कलिंगदेश आदि स्थानको उल्लेख भएकोले कथाहरूले त्यस समयमा ती स्थानहरूको चित्रण गरेको मान्न सकिन्छ| यस बाहेक स्वयं रचनाकार नारायण पंडितले उल्लेख गरेका छन्- पंचतंत्रान्तथाडन्यस्माद् ग्रन्थादाकृष्य लिख्यते। | जसको अर्थ हुन्छ - पंचतंत्र यसको आधार हो| यसको रचना काल १२ अैां शताव्दी मानिएको छ| नेपाली भाषामा हस्तलिखित प्रति १३७३ ई.को मानिए पश्चात१ यस काल प्रमाण लाई थप बल मिलेको छ |
हितोपदेश कथा हरू चार भागमा विभक्त छन:

१. मित्रलाभ

२. सुहृद्भेद

३. विग्रह

४. संधि
समसामाहिक बिषय(Contemporary Issue), ज्योतिषशास्त्र (Astrology), अन्तरिक्षय विज्ञान(Astronomy), पूर्विय दर्शन(Eastern Philosophy), भौतिक विज्ञान (Physical Science) र पराभौतिक विज्ञान(Meta-Physical Science)/अध्यात्म विज्ञान (Spiritual Science) सम्बन्धि भिडियोहरु लिएर निरन्तर रुपमा आउने नै छौ। हाम्रो AGAM TV लाई Subscribe गर्नुहोला।
#Chetan_Nepal#Hitopdesh#ChetanNepal

Видео हितोपदेश । शास्त्रीय एवं नैतिक शिक्षा विधि | नीतिशास्त्र । HITOPDESH | Eastern Philosophy | Part 2 канала Astromirror
Страницу в закладки Мои закладки
Все заметки Новая заметка Страницу в заметки