Загрузка...

यसरी खेल्छन् मार्मा गाउँपालिकामा पुरुषहरुले डउडा😯😯😯

@Explore with Roshan
#Gaura parba
#Gaura
#Gaurafestival
#Dhap
#mahakali
#Darchula
#Mahakali
#farwestnepal
#sudurpashim
#youtubeislife
#youtuber
‘माटी खण्ड माटी छन्ज्या जी जागिरएइ,
-हिमाल हिउँ छन्ज्या जी जागिरएइ,
-दुबाकी चौड जी जागिरएइ,
-समुद्र जल छन्ज्या जी जागिरएइ,
-केलाकी थमेली जी जागिरएइ गोरा महेश्‍वर फली बसुन्’

विभिन्न चाडमध्ये विशेष धार्मिक महत्व बोकेको गौरा पर्व भविष्योत्तर पुराणको हेमद्रीगत खण्डमा उल्लेख भए अनुसार कहिले भाद्र शुक्ल पक्षमा पर्छ भने कहिले भाद्र कृष्ण पक्षमा पर्छ।
यसै आधारमा भाद्र शुक्ल पक्षमा पर्ने गौरालाई उज्याली गौरा भनिन्छ भने कृष्ण पक्षमा पर्ने गौरालाई अँधेरी (अन्यारी गोरा) गौरा भनिन्छ। उजेली गौरालाई धार्मिक महत्वको दृष्टिले शुभ, फलदायी र राम्रो भनिन्छ। विवाहित महिलाले आफ्नो अटल सौभाग्य, सन्तान र परिवारको सुख, शान्ति, उन्नति प्रगतीका लागि यो ब्रत लिने गर्छन्।
ब्रत प्रारम्भ गर्दा नवविवाहित जोडीले (दुई जना विवाहित) उजेली गौराबाट नै ब्रत बस्नु पर्छ भन्ने मान्यता छ।

सुदूरपश्चिमको विशेष मौलिकता बोकेको गौरा पर्व त्यहाँका नौं वटा जिल्लामा नै मनाइन्छ। विशेषता ब्रत बस्नु मात्र नभएर गौरा देवीको नियमित पूजाअर्चना, देवी देवताका धार्मिक गीत गाउने, डेउडा नाच लाउने र गौरा देवीलाई खुसी पारी विर्सजन नगरून्जेलसम्म गौरास्थलमा (खला) जानु पनि हो।

पञ्चमीका दिन पाँचथरी गेडागुडी (गहत, गुँरूस, मास, कलौ (सानो केराउ), गहुँ) मिसाएर तामा अथवा पितलको भाँडालाई गाई गोबर, दुबो, अबिर केसरीले सिँगारेर विधिवत पूजा अराधना गरी भिजाउने चलन छ।यो पहिलो दिनलाई बिरूडा पञ्चमी भनिन्छ।

#बिरूडा भिजाउँदा गाइने (गीत) #फाग यस प्रकार छ।
-‘औंसीका दिन बठेइ निन्ना चोखा रया
-तृतियाका दिन गँहु, गहत, मास, गुँरास, कलौ बिरुडाकीलाई खोज्या -चौथीका दिन ईजु बिरूडा गेडी केलाया देउरानी जेठानी मिलि कलश सिंगार्य
-पञ्चमीका दिन ईजु बिरुडा भिजाया
-षष्टीका दिन ईजु नोला लैजाई बिरुडा धोया
-सप्तमीका दिन ईजु म माइत बोलाया।’
-काँ तम् होल्यू लोली काँ हाम आँउला
-कञ्चनपुर साउ बोट वाई बसी रौउँला

षष्टीका दिन गाउँ घरको सार्वजनिक पधेरो, कुँवा अथवा धारामा गई ब्रतालु महिला मिली उक्त गेडागुडी (बिरुडा) पखाल्ने (पानी फेर्ने गर्छन्)। जसलाई नोला कि गोरा भनिन्छ। (पानीको स्रोतलाई नोला भन्ने प्रचलन छ)

#बिरूडा पखाल्दा गाईने फाग।
‘एकै पानी धोया बिरुडा
-दुबै पानी धोया।
-तिनै पानी धोया बिरुडा
-चारै पानी धोया।
-पाँचै पानी धाय बिरुडा
-पञ्च पखाली ल्याँय्।

सप्तमीका दिन ब्रतालुले गौरा देवीलाई नजिकको मठ मन्दिरमा भित्राएर सहु (सौं) , काँस, तिल, धान र कुशलाई रातो कपडाले बेरेर गौरीको आकृती बनाई कन्याको रुपमा पूजा गर्ने परम्परा छ र रातो, पहेँलो धागो मिसाएर बनाइएको दुबधागो (डोरी) देवीमा अर्पण गरी,कुनै ठाउँमा सप्तमी धागो भनेर सप्तमीका दिन नै लगाइन्छ भने कुनै ठाउँमा अष्ठमीका दिन गोरा खलामा (स्थल) शिव पार्वतीको पूजा अर्चना पश्चात दुबधागो लगाउने चलन छ र गौरा महेश्‍वरको प्रति मुर्तिलाई शिरमा राखेर नचाउनुपर्छ।

पुरूषले जनै धारण गरे झै महिलाले दुबधागो लगाउने गर्छन् र नियमीत रुपमा जप ध्यान गरी यसको महत्वलाई मान्य गर्ने चलन छ। प्रत्येक वर्ष पूजा गरेर नयाँ दुबधागो लगाउनुपर्छ। अष्टमीका दिन घर घरमा बिरुडालाई प्रसाद स्वरुप वितरण गर्ने गरीन्छ भने बैतडी, दार्चुलामा घरकी ब्रतालु महिलाले आफ्नो श्रीमान, जेठो छोरा लगायत परिवारका सम्पूर्ण सदस्यको बिरुडाले शीरदेखि पाउँसम्म पूज्ने र बिरुडा कै टिका लगाउने चलन छ।यसैगरी बिरूडालाई क्वाटीको रुपमा पकाएर खाने चलन छ।

#बिरुडाले शीरदेखि पाउँसम्म पूज्दा भनिने मन्त्र
‘माटी खण्ड माटी छन्ज्या जी जागिरएइ,
-हिमाल हिउँ छन्ज्या जी जागिरएइ,
-दुबाकी चौड जी जागिरएइ,
-समुद्र जल छन्ज्या जी जागिरएइ,
-केलाकी थमेली जी जागिरएइ गोरा महेश्‍वर फली बसुन्’

सामान्यतया ५ दिनसम्म मनाइने यो पर्व आफ्नो कामको व्यस्तता र समाजको माग अनुसार १०,१५ दिनसम्म पनि देउडा नाँच खेलेर मनाइन्छ भने डडेल्धुरा कै निनाली गाउँमा अनिवार्य २२ दिनसम्म गौरा पर्व मनाउने चलन छ।
यस पर्वमा शिव र पार्वातीको प्रेम र विवाहलाई स्मरण गर्दै पाँच दिन सम्म महिला र पुरूषले विभिन्न भाकामा देव महिमा, आफ्ना जीवनमा घटेका सुख दुःखका घटनालाई लोकभाकामा लय हालेर व्यक्त गर्ने गरिन्छ।

गौरा प्रारम्भ गर्दा बिरूडा पञ्चमीबाट अनिवार्य रुपमा प्रारम्भ गर्नुपर्छ भने विसर्जन गर्दा फल फटकाउने परम्परालाई कायम राखी फेरि अर्को वर्ष यस्तै हर्षोल्लासका साथ स्वागत गर्ने वाचासहित विसर्जन गरिन्छ।
फल फट्काउने अर्थात गौरा देवीलाई नित्य चढाइएका बिरूडा, फलफूल, जनै, सुपारीलाई शुद्ध चारपाटे कपडामा राखेर दुई जना पुरूषले चार कुना समातेर आकाशतिर उफार्ने गर्छन् र फल तल झर्नु पूर्व जसले ति फलफूल आदि पाउँछन् तिनलाई भाग्यमानी मान्ने मान्यता पनि छ।

आफैमा समृद्ध साँस्कृतिक, साँगितिक महत्व र गाथा बोकेको गौरा पर्व सुदूरपश्‍चिमको बेग्लै धरोहर र पहिचान हो। जसले त्यस क्षेत्रको लोक संस्कृति, शिष्टता, सभ्यतालाई उजागर गरेको हुन्छ। गाउँघरमा असार, साउनको खेतीपातीको कामबाट केही विश्राम पाएको फुर्सतिलो यो समयमा गौरा पर्वले महिलामा नयाँ जोश र उत्साह भर्दछ।
गौराका ब्रतालुहरुले अनिवार्य रूपमा नयाँ लुगा लगाउने (चोखो) चलन छ।
‘घाँस काट्न हात काटियो कञ्चनी रगत
घीउ बेची कपडा ल्याउँला गौराकी बखत’

गौरामा एक जोड नया लुगा त्यही पनी स्कुल ड्रेस, खुट्टामा लखानी/ बकुल्ला छाप चप्पल औरो गौरा जानका लागी खर्च भनेर दिईने १ देखी ५ रुपिया र त्यो पैसाले कती धेरै सामान किनेर खाएको सम्झना सोच्यो भने अहिले झै लाग्छ । त्यसै बिच दिन भरी दमौ बजामा रमाई, पुरूष र महिलाहरूले लगाएको त्यो खेलले दिने आनन्द शब्दमा बयानै गर्नै सकिदैनन ती दिनका सुखी पलहरू जहाँ गए पनि सम्झना आउँछ मेरो प्यारो पर्व समय र परिस्थितीले मनाउन नपाएपनी
आउनी रएई जानी रएई तै लोली गौरा आशिष भरि भरि दिएई

Видео यसरी खेल्छन् मार्मा गाउँपालिकामा पुरुषहरुले डउडा😯😯😯 канала Explore With Roshan
Яндекс.Метрика
Все заметки Новая заметка Страницу в заметки
Страницу в закладки Мои закладки
На информационно-развлекательном портале SALDA.WS применяются cookie-файлы. Нажимая кнопку Принять, вы подтверждаете свое согласие на их использование.
О CookiesНапомнить позжеПринять