Загрузка страницы

BHUTANESE KIRAT RAI ORGANIZATION OF AMERICA BRANCH MARYLAND.

BKROA Branch Maryland केन्द्रिय उभौली साकेला तथा दोश्रो साकेला सिलि प्रतियोगितामा भाग लिदै !
सेवा, हौवा अनि नमस्ते । 🙏
BKROA विभिन्न ७ शाखाहरूः मेरीलण्ड, ह्यरिस्बर्ग, ईरी, क्लिविलण्ड, सिन्सानिटी, एक्रोन र नर्थ केरोलिनाको उपस्थिति थियो । सोहि ७ शाखाबाट साकेला टोलिहरूले आफ्नो संस्कार, संस्कार, भाषा, लिपि, र जीवनशैलीलाई झल्काउने बेजोड साकेला सिलि प्रस्तुति गरेका थिए । त्यसैगरी प्रतियोगी साकेला टोलिहरूले प्रतेक सिलिहरूको परिभाषा बुजाउनको खातिर हलो, जुवा, घुम, जातो, थुन्से, कठुवा, तीन पाने आराखा, वासिम, सेल रोटी, माङपा, दुवाङमी, रूमी पामी, कोम्बी, पमी, सिलिङ कोम्बी, केन, ढोले, र दुनामा अक
BKROA को दोश्रो साकेला सिलि प्रतियोगितामा प्रतेक शाखालेः
भूमिपूजा सिली गर्दा अक्षेता र सोलेवामा रहेको वासिम छर्किन्दै आफ्नो माङ र पुर्खाहरू प्रति सम्मान जनाउदै बल शक्ति माग्दै गरेको पनि देख्न सकिन्थियो । भूमिपूजा सिलि पछि चासुम सिलीः जसमा धान रोप्ने देखि भित्राउने ५ ओटा चासुम सिलिहरुः
१. खेत खन्ने सिली
२. बिउ चर्ने सिली
३. धान रोप्ने सिली
४. धान काट्ने सिली
५. धान बोकी घर भित्राउने सिली
साथै वाप्पा (भाले) सिलि, वाम्मा (पोथि) सिलि, सुप्तुलुङ सिलि, दुवारी सिलि, सेवा/हौवा सिलि आदि पनि साकेला टोलीबाट प्रस्तुत रहेको थियो । उभौली साकेला कार्यक्रमलाई अझ रमाइलो बनाउनको निमित भूटानी समाजका पहिलो सांगितिक आवाज वरिष्ठ गायक श्री प्रताप सुब्बा ज्यु, पूर्वेली लोक संगीतमा ख्यातिप्राप्त आवाज वरिष्ठ गायक श्री नवीन खडका ज्यु, मधुर आवाजकी धनी किराती चेलि गायिका आभा मुकारूङ ज्यु र गायक श्री राज खम्बु ज्युको पनि मनोरञ्जतमक सांगितिक प्रस्तुति रहेको थियो ।
BKROA को दोश्रो उभौली साकेला सिलि प्रतियोगिताको निर्णयक ज्युहरूको रूपमा गायिका आभा मुकारूङ र केन्द्रिय समितिका सिलि हाङपा श्री चक्र चाम्लिङ ज्यु हुनु हुन्थियो । यस वर्षको उभौली साकेला सिलि प्रतियोगिताको विजेता BKROA Branch Maryland हुन सफल भयो भने दोश्रो स्थानमा नर्थ केरोलिना र तेस्रो स्थानमा BKROA Branch Cincinnati ले जित हासिल गर्न सफल रहयो । बाकि ४ शाखाहरूको पनि सुन्दर अनि उत्कृष्ट साकेला सिलि प्रस्तुती रहयो । सेवा, हौवा अनि नमस्ते । 🙏

Видео BHUTANESE KIRAT RAI ORGANIZATION OF AMERICA BRANCH MARYLAND. канала KIRAT MUNDHUM
Показать
Комментарии отсутствуют
Введите заголовок:

Введите адрес ссылки:

Введите адрес видео с YouTube:

Зарегистрируйтесь или войдите с
Информация о видео
8 января 2024 г. 3:43:10
00:10:41
Яндекс.Метрика